Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, १२ फागुन २०८२, १० : ३७ मा प्रकाशित

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी बिसनदेव मण्डल गन्गाईको नाममा रहेको ८ हजार कित्ता र निरज पोख्रेलले १२ हजार ४०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

हाल उक्त सेयरमा कम्पनीका विद्यमान सेयरधनीहरुले मात्रै खरीदका लागि ३५ दिनको समयावधि दिएको छ । सेयर खरीद गर्न चाहने शेयरधनीले आफूले किन्न चाहेको सेयर संख्या समेत उल्लेख गरी मोरङको कटहरी–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आशयपत्र पेश गर्नु पर्नेछ । 

सो अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरीदका लागि निवेदन प्राप्त नभएमा वा आंशिक सेयर खरीदका लागि मात्र निवेदन प्राप्त भएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको