मंगलबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सात वटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि ४० लाख अमेरिकी डलर बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको हो।
त्यसैगरी, चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रमअनुसार बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डा. दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने जिम्मेवारीसहित उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष नियुक्त गर्ने निर्णय गरिएको छ।
बैठकले बीमा ऐन २०७९ को दफा १४० बमोजिमका कसुरसम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्ने अधिकार जिल्ला अदालतलाई दिने निर्णय पनि गरेको छ।
त्यसैगरी, आगामी वर्ष २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म लागू हुने सार्वजनिक बिदा निर्धारण गरिएको छ। साथै, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेदेखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
मन्त्रिपरिषद्को सातौँ निर्णय जेनजी परिषद् गठनसम्बन्धी रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस