Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १३ फागुन २०८२, ०८ : १४ मा प्रकाशित

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

महुली लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । हाल कायम कम्पनीकै विद्यमान संस्थाप सेयरधनीहरुले मात्रै किन्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो । 

कम्पनीले सूचना जारी गरेर विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिन भित्र आवेदन दिनका लागि आग्रह गरेको छ । कम्पनीले रामेछापका महोन बहादुर बस्नेतको नाममा रहेको ५ हजार ६७६ कित्ता र सप्तरीका सत्य नारायण चौधरीको नाममा रहेको ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ । उक्त सेयर २०८१/०८२ को बोनस सेयर खरिद गरेका सेयरधनीहरुले पनि आवेदन दिन सक्ने छन् । 

उक्त सेयरमा सूचना जारी भएको ३५ दिन भित्र लघुवित्तको केन्द्रीय कार्यालय अम्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा आफूले खरिद गर्न चाहेको सेयर कित्ता खुलाइ आवेदन दिनु पर्ने छ । उक्त सेयरको मूल्य विक्रेताले तोक बमोजिम हुने कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको