Like us!
Follow us!
Connect us!
Watch us!

बालेन र रबिलक्षित हर्क साम्पाङको टिप्पणी - ७४ लाख सहकारी पीडितबारे बोलियो कि नाइँ ?

अर्थ संसार

बुधबार, १३ फागुन २०८२, ०८ : ४२ मा प्रकाशित

बालेन र रबिलक्षित हर्क साम्पाङको टिप्पणी - ७४ लाख सहकारी पीडितबारे बोलियो कि नाइँ ?

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा गरेको प्रादेशिक सभालाई लक्षित गर्दै सहकारीपीडित र एमसीसीबारे प्रश्न गरेका छन् । उनले रास्वपा सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई सभामा सहकारी पीडितका बारे के बोल्नु भो भन्दै प्रश्न गरेका छन् ।

इटहरीको सभामा रास्वपाका वरिष्ठ नेता बोलन्द्र शाहले धरानको खानेपानीको समस्या आफूहरू सरकारमा गएपछि समाधान हुने बताएका थिए । उनले सप्तकोशीको पानी लिफ्टिङ गरेर धरान लैजाने र त्यसका लागि ५ अर्ब रुपैयाँ खर्च लाग्ने बताएका थिए ।  

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले भनेका छन्, ‘१४ जिल्लाका कार्यकर्ता उतारेको सभामा नो एमसिसी भन्ने हिम्मत भयो कि भएन ? ७४ लाख सहकारी पीडितहरूको बारेमा बोलियो कि नाइँ ?किसानलाई फोहोर भन्नेले मजदुरबारे के भन्यो ? सुकुम्वासीका बारेमा के गर्ने रे डोजरले ?’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको