रास्वपा सभापति रवि लामिछानेले पार्टी नेतृत्वको सरकार बनेपछि सुशासनको नयाँ जग बसाल्ने बताएका छन्। गोरखा पुगेका सभापति लामिछानेले चुनावी सभालाई सम्बोधन गर्दै पाँच वर्षको स्थायी सरकार दिन आह्वान गरे।उनले वर्षौँदेखि मिलेर बसेकाहरुबीच धर्म, जात, समुदाय, सम्प्रदायका नाममा राजनीतिक रङ ओडेर खेल्न खोज्नेदेखि सचेत रहन आग्रह गरे।
उनले आउने २१ गते भोट खसाल्ने मात्रै नभई इतिहास लेख्ने दिन भएको बताए। उनले गोरखा १ बाट सुधन गुरुङ र २ बाट कविन्द्र बुर्लाकोटीलाई जिताएर पठाउन आग्रह गरे।
उनले भने, ‘कहिलेकाहीँ सुनिन्छ, एउटा भोट समानुपातिकलाई एकातिर, प्रत्यक्षलाई अर्कातिर अथवा आलोपालो भन्ने मैले सुनेको छु। भोट बाँडियो भने सिट बाँडिन्छ। सिट बाँडियो भने रास्वपाले बहुमत ल्याउँदैन। रास्वपाले बहुमत ल्याएन भने सबैभन्दा बढी खुसी यस देशका भ्रष्टाचारीहरू हुनेछन्। तिनलाई खुसी पार्ने होइन, तिनलाई घण्टी बजाउने हो। चुनाव आउँछ जान्छ, तर तपाईँ हाम्रो सद्भाव आजको सद्भाव होइन, एक युगदेखिको सद्भाव हो। मेरो धर्म एउटै हो, म धर्मका नाममा राजनीति गर्दिनँ। धर्मका नाममा राजनीति गर्नेलाई युगलाई हामीले अन्त्य गर्नुपर्नेछ। राजनीति र सम्प्रदायलाई अलग गराएर राजनीति गर्ने र भोट बैङ्क बनाउन खोज्नेलाई फल्न दिनुहुँदैन। सुधन गुरुङ सदन जाला भनेर भ्रष्टाचारीहरूको अहिलेदेखि नै जिउ कामेको छ, शरीर कामेको छ। तर हामी सुधन गुरुङलाई यसपटक सदन लिएरै जान्छौँ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस