राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा देखिएको जनलहरलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आम जनताको शान्त विद्रोहको रूपमा व्याख्या गरेका छन्। जसले सुशासन र समृद्धिको आकांक्षा प्रकट गरेको छ।प्रारम्भिक मत परिणाम आउँदै गर्दा डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो यस्तो अभिव्यक्ति दिएका हुन्।
उनले रास्वपालाई बधाई पनि दिएका छन् ।
भट्टराईले भनेका छन् ,‘ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ट परिस्थितिमा सम्पन्न आम निर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशव्यापी जनलहर पैदा भएको छ । यो मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नका लागि आमजनताको शान्त विद्रोहको अभिव्यक्ति हो भनेर सबैले स्वीकार्नै पर्ने हुन्छ। देशमा लामो समयदेखि विद्यमान आन्तरिक अर्थ–राजनीतिक र बाह्य भू–राजनीतिक चुनौतिहरूको कुशल व्वस्थापन गर्दै जनताका ती जायज आकांक्षा छिटो पूर्ति गर्न रास्वपा र त्यसको नेतृत्व टिमलाई पूर्ण सफलता मिलोस् हार्दिक शुभकामना।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस