Like us!
Follow us!
Connect us!
Watch us!

मेयर छोडेका हर्क साम्पाङ सुनसरी-१ बाट बने सांसद ,रास्वपाकी गोमालाई ८४९२ मतले हराए

अर्थ संसार

आइतबार, २४ फागुन २०८२, १३ : ५९ मा प्रकाशित

मेयर छोडेका हर्क साम्पाङ सुनसरी-१ बाट बने सांसद ,रास्वपाकी गोमालाई ८४९२ मतले हराए

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर सुनसरी–१ बाट चुनाव लडेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।

निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा सामपाङले ८ हजार ४९२ मतान्तर ल्याउन सफल भए । तामाङले २७ हजार २४९ मत ल्याइन् । यसअघि श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १ बाट जित निकालेका छन् । त्यस्तै भोजपुर १ मा पनि प्रारम्भिक गणनामा यहीं पार्टीका ध्रुवराज राईले अग्रता लिएका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको