Like us!
Follow us!
Connect us!
Watch us!

चुनाव हारेपछि धमलाले भने - आमजनता पार्टी र मोबाइल छापसँग मेरो सम्बन्ध छैन

अर्थ संसार

सोमबार, २५ फागुन २०८२, १७ : ०४ मा प्रकाशित

चुनाव हारेपछि धमलाले भने - आमजनता पार्टी र मोबाइल छापसँग मेरो सम्बन्ध छैन

रौतहट–४ बाट निर्वाचनमा पराजित भएपछि ऋषि धमलाले आम जनता पार्टी तथा मोबाइल छाप चुनाव चिह्नसँग आफ्नो सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन् । सोमबार रिपोर्टर्स क्लबमा पत्रकारहरूसँग भएको अन्तरक्रियामा उनले पार्टी र चुनाव चिह्न दुवैसँग अब आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन् ।

धमलाले भने, ‘आजको दिनबाट जुन चुनाव चिह्नबाट लडेको थिएँ, त्यो पार्टी र चुनाव चिह्नसँग मेरो सम्बन्ध रहँदैन । मैले त्यो पार्टी र चिह्नलाई खाली चुनावमा मात्र प्रयोग गरेको थिएँ ।आम जनता पार्टी र जनादेश पार्टीले आग्रह गरेपछि उक्त चुनाव चिह्न लिएर गएको हुँ । आजसम्म म त्यो पार्टीको सदस्य होइन । र मैले कुनै राजनीतिक दलको सदस्यता लिएको छैन ।’

आफू चुनावमा होमिनुअघि बालेन शाहले दुई पटक बोलाएर जुनसुकै क्षेत्रबाट चुनाव लडे पनि टिकट दिने बताएकाे उनले दाबी गरे । त्यसका बाबजुद आफू मोबाइल छाप लिएर चुनावी मैदानमा उत्रिएको उनले बताए । उनले रौतहटका मतदाताप्रति धन्यवाद पनि व्यक्त गरेका छन् । तर अब आफू राजनीतिमै सक्रिय रहने कि फेरि पत्रकारितामा फर्किने भन्नेबारे भने उनले कुनै स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् ।

रौतहट–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेल ३६ हजार ८७६ मतसहित निर्वाचित भएका थिए । उक्त निर्वाचनमा ऋषि धमलाले भने ६५५ मत मात्रै प्राप्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको