इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त उक्त लघुवित्त संस्थाले केन्द्रीय कार्यालय तथा शाखा विस्तारसँगै योग्यता पुगेको नेपाली नागरिकबाट दरखास्त माग गरेको हो ।
संस्थाले सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी भर्ना गर्ने जनाएको छ । सहायक पदका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई लघुवित्त क्षेत्रमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव आवश्यक हुनेछ । त्यसैगरी कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कम्तीमा एसईई÷एसएलसी वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । सवारी साधन चलाउन सक्ने तथा चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
उमेर हद सहायक श्रेणीका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ भने महिलाको हकमा ५ वर्ष थप हुने व्यवस्था गरिएको छ। संस्थामा नियुक्त कर्मचारीले शाखा सञ्चालन, गाउँ तथा ग्रामीण क्षेत्रमा समूह परिचालन, कर्जा लगानी तथा असुली, बचत संकलन, कर्जा विश्लेषण, अनुगमन तथा लेखा व्यवस्थापनसम्बन्धी काम गर्नु पर्ने संस्थाले जनाएको छ ।
भर्ना प्रक्रिया अन्तर्गत सहायक पदका लागि मौखिक अन्तर्वार्ता परीक्षा हुनेछ भने कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि लिखित तथा मौखिक परीक्षा हुने संस्थाले जनाएको छ । योग्य तथा इच्छुक व्यक्तिले संस्थाको वेबसाइट मार्फत चैत १० गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस