Like us!
Follow us!
Connect us!
Watch us!

समानुपातिकमा रास्वपाले कटायो ५० लाख मत, कांग्रेस–एमालेको कति ?

अर्थ संसार

मंगलबार, २६ फागुन २०८२, ११ : १५ मा प्रकाशित

समानुपातिकमा रास्वपाले कटायो ५० लाख मत, कांग्रेस–एमालेको कति ?

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ सबैभन्दा धेरै मत हासिल गरेको छ। कुल १ करोड ४ लाख १९ हजार २३४ मत गणना गर्दा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको देखिएको छ।

त्यस्तै, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत ल्याएको छ भने नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मत पाएको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ। चार महिनाअघि स्थापना भएको श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ मत ल्याएको छ भने थ्रेसहोल्ड कटाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको