Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : पश्चिमी वायुको प्रभाव कायमै, सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

अर्थ संसार

बुधबार, २७ फागुन २०८२, ०७ : ३० मा प्रकाशित

आजको मौसम : पश्चिमी वायुको प्रभाव कायमै, सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि बादल लाग्नेछ । 

यसैगरी, हिमाली भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा एवं हिमपातको सम्भावना छ । साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा  बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ । महाशाखाले मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको पूर्वानुमान गरेका स्थानका सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको