स्पेशल प्रि ओपन सेसनमा होटल फरेस्ट इनको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको सेयर १०१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो ।
कम्पनीको सेयर हिजो अर्थात फागुन २७ गते, नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको र संस्थापकहरुले लगानी गरेको २ करोड कित्ता नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीलाई ९० रुपैयाँ ६५ पैसा देखि २७१ रुपैयाँ ९५ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो । कम्पनीको स्टक टिकर एचएफआईएन रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस