Like us!
Follow us!
Connect us!
Watch us!

सोविता गौतमको निर्वाचन खर्च ९ लाख ९३ हजार

अर्थ संसार

विहीबार, २८ फागुन २०८२, १२ : १० मा प्रकाशित

सोविता गौतमको निर्वाचन खर्च ९ लाख ९३ हजार

चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले खर्च विवरण सार्वजनिक गरेकी छन्। यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूले गरेको खर्चको विवरण गौतमले बिहीबार सार्वजनिक गरेकी हुन्।

उनको चुनाव खर्च ९ लाख ९३ हजार ४५ रूपैयाँ रहेको छ। गौतमका अनुसार मनोनयन दर्ता ५ हजार, प्रचारप्रसार सामग्री ३ लाख १७ हजार ४०० र मतदाता प्रशिक्षणमा ३० हजार खर्च भएको छ।

यसैगरी, नमूना मतपत्र र घोषणापत्र छपाइमा ७४ हजार २००, वडास्तरीय प्रचारप्रसार १ लाख, सवारी साधन ३ लाख २५ हजार, सचिवालय प्रयोगका लागि स्टेशनरी खरिदमा २३ हजार ४४५ र खाद्यान्न, रासन तथा पानीमा गरेर एक लाख १८ हजार खर्च भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको