Like us!
Follow us!
Connect us!
Watch us!

टिकटक-रिल्समा रुचाइँदै ‘लालीबजार’ को गीत

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०८२, १६ : ५६ मा प्रकाशित

टिकटक-रिल्समा रुचाइँदै ‘लालीबजार’ को गीत

षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को सार्वजनिक पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ लाई दर्शकले रुचाएका छन् । शुक्रबार सार्वजनिक गीतलाई हालसम्म १४ लाख पटक युट्युबमा हेरिएको छ । लोकप्रियतासँगै टिकटक र रिल्समा यसमाथि भिडियो बनाउने बढेका छन् ।

गीतमा स्वस्तिमा खड्का र समाइरा थापाको नृत्यलाई दर्शकले रुचाएका छन् । उनीहरूको डान्स स्टेपलाई पछ्याएर भिडियो बनाउने बग्रेल्ती भेटिन्छन् । टिकटकमा हजारौं भिडिओ बनेका छन्, जहाँ समाइरा र स्वस्तिमाको नृत्यको प्रशंसा भएको शब्द देख्न सकिन्छ । गीतलाई प्रदीप लामाले नृत्य निर्देशन गरेका हुन् । खेम सेन्चुरीले संगीत भरेको गीतको गायनलाई खेमलाई दीपिका बयाम्बुले साथ दिएकी छन् । रमेश बिजीले गीत लेखेका हुन् । दीपिकाले यसअघि गाएको ‘कश्मिरे पछ्यौरी दार्जलिङको रेल’ युट्युबको ग्लोबल ट्रेन्डिङमा परिसकेको छ ।

‘लालीबजार’ को प्रदर्शन १८ बैशाखलाई तय छ । बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको