Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफले बोलायो विशेष साधारणसभा, के-के छन् एजेण्डा ?

अर्थ संसार

बुधबार, ०४ चैत्र २०८२, ०८ : ०३ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफले बोलायो विशेष साधारणसभा, के-के छन् एजेण्डा ?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले चैत १९ गते बिहीबारका लागि साधारणसभा बोलाएको हो । 

उक्त सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजे सुरु हुने छ । उक्त विशेष साधारणसभाले कम्पनीको संस्थापक सेयरको १० प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १२ गते बिहीबार सेयर दाखिल खारेज (बूक क्लोज) गर्ने निर्णय गरेको छ । तसर्थ बूक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा चैत ११ गतेसम्म कायम सेयरधनीहरू मात्रै उक्त विशेष साधारणसभामा भाग लिन सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको