Like us!
Follow us!
Connect us!
Watch us!

शिखर पावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०८२, ०८ : ५७ मा प्रकाशित

शिखर पावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

शिखर पावर डेभलपमेन्ट लिमिटेडकाे आईपीओ बाँडफाँड गरिएकाे छ । कम्पनीले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको हाे । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा कुल ३२ लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट पुस १६ गते अनुमति पाएको हो। अनुमति पाए लगत्तै माघ ६ गतेदेखि ९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र माघ २० गतेसम्म आयोजना प्रभावितलाई आईपीओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ।

त्यसपछि कम्पनीले दोस्रो चरणमा सामूहिक लगानी कोष र कर्मचारी सहित सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँमा कुल १८ लाख ४२ हजार ६०० कित्ता आईपीओ बिक्री गरेको हो। यसमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको थियो।

बिक्री अवधिभर २६ लाख ८७ हजार ३४७ जना आवेदन परेकोमा २६ लाख ५० हजार ८४७ जनाले २ करोड ८३ लाख ९४ हजार ७९० कित्ताका लागि दिएको आवेदन मात्रै स्वीकृत भएको छ। अर्थात कुल ३६ हजार ५०० जना आवेदको आवेदन नै रद्द भएको छ।

यसरी मागभन्दा धेरै मात्रामा आवेदन परेकाले गोलाप्रथाद्वारा आईपीओ बाँडफाँड गरिएको छ। बाँडफाँडमा १ लाख ८४ हजार २६० जना आवेदकले १०/१० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी २४ लाख ६६ हजार ५८७ जना आवेदकको हात रित्तिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको