Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको समृद्धि लगानी योजनाको इकाई नेप्सेमा सूचीकृत, भोलिदेखि खरिद बिक्री हुने

अर्थ संसार

सोमबार, ०२ चैत्र २०८२, २० : ०६ मा प्रकाशित

नेपाल लाइफको समृद्धि लगानी योजनाको इकाई नेप्सेमा सूचीकृत, भोलिदेखि खरिद बिक्री हुने

नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गतको नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रति इकाई मूल्य १०० रुपैयाँ कायम भएको क्रम संख्या १ देखि २०,००,००,००० सम्मका कुल २०,००,००,००० इकाई सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सूचिकृत भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष नेपाल लाइफ क्यापिटल लिमिटेड मार्फत् सामूहिक लगानी कोष इकाई खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी वितरण गरिएको २०,००,००,००० सामूहिक लगानी कोष इकाई वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम फागुन २८ गतेको निर्णयानुसार सूचीकरण गरिएको जनाएको छ । सो म्युचुअल फण्ड भोलि चैत ३ गते देखि कारोवार शुरु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको