Like us!
Follow us!
Connect us!
Watch us!

मेरो किसानले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०८२, १० : २६ मा प्रकाशित

मेरो किसानले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

मेरो किसान लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

चैत २ गते काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा आईपीओ निष्काशन गर्नका लागि प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालको कृषि उत्पादनको लागि आवश्यक पर्ने बीउदेखि उत्पादित कृषि उपजहरू उपभोक्ताको स्थानसम्म आपूर्र्ति गर्नको लागि आवश्यक कार्यलाई प्रविधि मार्फत विस्तार गर्ने योजनाका साथ स्थापना भएको मेरो किसानमा विभिन्न क्षेत्रमा विशिष्टीकृत व्यक्तिहरूको संग्लनता रहेका छ ।

मेरो किसानले किसानसँग प्रत्यक्ष सहकार्य गरी कृषि बीउ–बिजन उत्पादन, कृषि उत्पादन संकलन, भण्डारण, वितरण तथा डिजिटल प्लेटफर्म मार्फत उपभोक्तासम्म कृषि उत्पादन उपलब्ध गराउने कार्य गर्दे आइरहेको छ । सेयर निष्काशन गर्ने कम्पनी र सेयर निष्काशनको लागि नियुक्त बिक्री प्रबन्धक दुवै पक्षको यस सहकार्यले कम्पनीलाई पूँजी बजार मार्फत सर्वसाधारणसँग जोडदै कृषि प्रधान देश भनिंदै आएको नेपालमा कृषि क्षेत्रमा थप लगानी र विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । कम्पनीले चितवन जिल्लाको पटिहानीमा कृषि प्रशोधन केन्द्र र दूध डेरीको सञ्चालन गर्ने उद्देश्यले करीब ३.५ बिगा जग्गा खरीद गरी उक्त कार्यको लागि संरचना निर्माणको कार्य अन्तिम चरणमा रहेको र चालू आर्थिक वर्षभित्र कृषि प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालन गर्ने र अर्को आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा दूध डेरीको सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

उक्त सम्झौता कार्यक्रममा मेरो किसानको तर्फबाट कम्पनीका अध्यक्ष विष्णुमणी गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालक सुनिल थापा, सञ्चालक सन्तोष बस्तेत र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया र विशिष्टिकृत लगानी कोष प्रमुख सुदिप हरी ढुंगानाको उपस्थिती रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको