राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हालसम्म मन्त्रिपरिषद् गठनबारे कुनै अन्तिम निर्णय नभएको बताएका छन्। पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रमको समापन मन्तव्य दिँदै उनले नयाँ मन्त्रिपरिषद् कस्तो बन्ने भन्ने विषय अझै टुंगोमा नपुगेको स्पष्ट पारे।
रविले भनेका छन्,‘अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन । हामीले तपाईंहरू सबैलाई चिनेका छौं । बलियो मन्त्रिपरिषद् बनाउँछौं ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस