Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा सांसदलाई रविले भने - आफ्नो मर्यादा नबिर्सिनुस्

अर्थ संसार

बुधबार, १६ बैशाख २०८३, १६ : ३२ मा प्रकाशित

रास्वपा सांसदलाई रविले भने  - आफ्नो मर्यादा नबिर्सिनुस्

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीका सांसदहरूलाई मर्यादा नबिर्सिन निर्देशन दिएका छन् । बुधबार बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा लामिछानेले मालिक बन्नेका लागि रास्वपा नभएको बताउँदै मर्यादाको ख्याल राख्न निर्देशन दिएका हुन् ।  यस्तै उनले अन्तर्जातीय विवाहको बहानामा समाजमा हुँदैआएको विभेद र दुर्घटना रोक्न आवश्यक रहेको बताए ।

‘मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी होइन् । यो दल सेवक र सहजकर्ताहरूको लागि हो,’ लामिछानेले भने, ‘सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ । प्रमुख प्राथमिकता भनेको कानुन बनाउने हो । तर त्यो क्रममा आफै कानुन बन्न खोज्ने होइन् । यसको लागि पहल गर्नुपर्छ । तर, घटनास्थलमा भावुक भएर सासंदले आफ्नो मर्यादा बिर्सन हुँदैन,’ उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको