Like us!
Follow us!
Connect us!
Watch us!

संसद्‌मा आज रवि लामिछानेले सम्बोधन गर्ने

अर्थ संसार

विहीबार, १९ चैत्र २०८२, ११ : ३६ मा प्रकाशित

संसद्‌मा आज रवि लामिछानेले सम्बोधन गर्ने

प्रतिनिधिसभाको आज बस्ने बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्। दिउँसो २ बजे सुरु हुने बैठकमा उनले आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

रास्वपाका प्रवक्ता मनिष झाले सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी दिएका छन्। हालै २१ फागुनमा सम्पन्न निर्वाचनपछि २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको छ। प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ५ तथा एक स्वतन्त्र सांसद रहेका छन्। अघिल्लो प्रतिनिधिसभामा २१ सिटसहित चौथो स्थानमा रहेको रास्वपा यसपटक पहिलो दलको रूपमा उभिएको छ र दुई तिहाइ नजिकको बहुमतसहित एक्लैले सरकार गठन गरेको छ।

बैठकमा अन्य दलका संसदीय दलका नेताहरूले पनि सम्बोधन गर्नेछन्। नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाका नेता ज्ञानेन्द्र शाही तथा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले आफ्नो धारणा राख्ने कार्यक्रम छ।

नेपाली कांग्रेसले हालसम्म संसदीय दलको नेता चयन नगरे पनि उक्त दलको तर्फबाट भिष्मराज आङदाम्बेले बैठकलाई सम्बोधन गर्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको