Like us!
Follow us!
Connect us!
Watch us!

सांसदहरूलाई रविले भने - सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस्

अर्थ संसार

बुधबार, ०४ चैत्र २०८२, १५ : ०६ मा प्रकाशित

सांसदहरूलाई रविले भने - सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सम्भव भएसम्म सरकारी अस्पतालमै उपचार गराउन सुझाव दिएका छन्। ललितपुरको ग्वार्कोमा जारी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

उनले आपत्कालीन अवस्थाबाहेक अन्य अवस्थामा सरकारी स्वास्थ्य संस्थामै सेवा लिनुपर्नेमा जोड दिए। साथै, पार्टी स्थापना भएको चार वर्ष पनि नपुग्दै विभिन्न पृष्ठभूमिका व्यक्तिहरू पार्टीसँग आबद्ध भएको उल्लेख गर्दै उनले जनताले दिएको ठूलो जिम्मेवारीलाई गम्भीरतापूर्वक वहन गर्न सबैलाई सचेत गराए।

उनले भने,‘सक्नुहुन्छ भने सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् । सेवालाई चुस्त बनाउनुस् । म बाध्यकारी भन्दिनँ। रास्वपा स्थापना भएको ४ वर्ष पनि भएको छैन । यसबीचमा विभिन्न पृष्ठभूमि भएका साथीहरू हुनुहुन्छ । हामीभित्र कसैको विवाद पनि होला, कसैको उच्च छवि पनि होला, कसैको सामान्य कसैको उच्च किसिमको सार्वजनिक जीवन होला । आफ्नो सरकार बहुमतमा रहन्छ,संख्या घट्ला भन्ने कुराको प्रवाह नगरी काममा लाग्नुस् ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको