Like us!
Follow us!
Connect us!
Watch us!

बिमा प्राधिकरणको कारबाहीमा ८ बिमा कम्पनी,कुन कम्पनीले के गल्ती गरे ?

अर्थ संसार

बुधबार, ११ चैत्र २०८२, १३ : ५२ मा प्रकाशित

बिमा प्राधिकरणको कारबाहीमा ८ बिमा कम्पनी,कुन कम्पनीले के गल्ती गरे ?

नेपाल बीमा प्राधिकरणले ८ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले बीमा ऐन उल्लंघन गरेको आरोपमा पुनर्बीमा, निर्जीवन र जीवन बीमा कम्पनीहरूलाई कारबाही गरेको हो ।

प्राधिकरणका अनुसार कारबाहीमा पर्नेमा नेपाल लाइफ, एसियन लाइफ, हिमालयन लाइफ, नेको इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र एलियन्ट इन्स्योरेन्स ब्रोकर रहेका छन्।

कुन कम्पनीको के गल्ती ?

- एसियन लाइफ इन्स्योरेन्स

एसियन लाइफले बिमा ऐन, २०७९ को दफा ६७ को व्यवस्था पालना नगरेको पाइएको छ। प्राधिकरणले यसलाई दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम कारबाही गरेको छ।

- हिमालयन लाइफ इन्स्योरेन्स

कम्पनीले बिमा ऐनको दफा ५७ को उपदफा (८) र ’बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०७४’ को दफा ३ र ७ उल्लंघन गरेको पाइएको छ। कार्यकारी प्रमुखको सुविधामा तोकिएको सीमा नाघेको कारण कम्पनीलाई बिमा ऐनको दफा १३४ (१) (क) र १३८ (४) (क) बमोजिम कारबाही गरिएको छ।

- नेको इन्स्योरेन्स

यस कम्पनीले बिमा ऐनको दफा ६३ (४) र दफा ६९ (१) (ङ) को व्यवस्था उल्लंघन गरेको छ। यस बापत कम्पनीलाई दफा १३८ र १३५ बमोजिम कारबाही गरिएको छ।

- नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफले बिमा ऐनको दफा १४८ को व्यवस्था उल्लंघन गरेको देखिएको छ। यसका कारण कम्पनीलाई दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम कारबाही गरिएको छ।

- नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि)

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापालाई प्राधिकरणले दिएको निर्देशन पालना नगरेकोमा बिमा ऐनको दफा १३४ (१) (ख) बमोजिम कारबाही गरिएको छ।

- हिमालयन रि–इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स 

यी दुवै कम्पनीले प्राधिकरणले २०८० असार २९ मा जारी गरेको निर्देशन पालना नगरेको पाइएको छ। प्राधिकरणले दुवैलाई बिमा ऐनको दफा १३८ (४) (क) बमोजिम कारबाहीको निर्णय गरेको छ।

- एलियन्ट इन्स्योरेन्स ब्रोकर

प्राधिकरणको निर्देशन पालना नगर्ने एलियन्ट इन्स्योरेन्स ब्रोकरलाई सबैभन्दा कडा कारबाही गरिएको छ। यस संस्थालाई बिमा ऐनको दफा १३४ (१) (ङ) बमोजिम निर्णय भएको मितिले तीन महिनाका लागि निलम्बन गरिएको छ।

के भयो कारबाही ?

प्राधिकरणले अधिकांश बिमा कम्पनीलाई प्रतिकम्पनी २ लाख रुपैयाँका दरले नगद जरिवाना तिराउने निर्णय गरेको छ। यसअघि प्राधिकरणले यी कम्पनीलाई गल्ती सुधार गर्न र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। तर, कम्पनीहरूले पेस गरेको जवाफ सन्तोषजनक नभएपछि प्राधिकरणले एक्सन लिएको हो।

बिमा प्राधिकरणले पछिल्लो समय नियमन र सुपरिवेक्षणमा कडाइ गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको