Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणले जारी गर्यो ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन’ - के के छ व्यवस्था ?

अर्थ संसार

विहीबार, १९ भदौ २०८२, १० : ०३ मा प्रकाशित

प्राधिकरणले जारी गर्यो ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन’ - के के छ व्यवस्था ?

नेपाल बीमा प्राधिकरणले 'बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२' जारी गरेको छ। यो निर्देशनमार्फत बीमकले विदेशी पुनर्बीमा, रेट्रोसेशन, आयात सेवा वा परामर्श सेवासम्बन्धी भुक्तानी गर्नुपर्ने विदेशी मुद्राको सटही प्राधिकरणको सिफारिस प्राप्त गरेपछि मात्र गर्न सक्ने व्यवस्था गरिएको छ।

बीमा ऐन, २०७९ को दफा १६६ अन्तर्गत जारी गरिएको यो निर्देशनले बीमकलाई भुक्तानी प्रक्रियामा नेपाल राष्ट्र बैंकको विनियम तथा विदेशी विनिमय व्यवस्थापन निर्देशिका अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था पनि स्पष्ट पारेको छ।

सिफारिस माग गर्दा बीमकले जोखिमको बाँकी हिस्सा, पुनर्बीमा शुल्क, कर, सेवा शुल्क तथा कमिसन कटौती गरी खुद रकम प्रस्तुत गर्नुपर्नेछ। साथै, प्राधिकरणले केवल रेटिङ्ग प्राप्त पुनर्बीमा कम्पनी वा रेट्रोसेशनका लागि मात्र सिफारिस दिने व्यवस्था गरेको छ। निर्देशनले बीमकका प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर अनिवार्य राखेको छ भने पेश गरिएका कागजात तथा स्वीकृति पत्रहरू कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्ने प्रावधान पनि समावेश गरिएको छ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको