निर्जीवन बीमा कम्पनीहरूले फागुन मसान्तसम्म करिब ३१ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन्। हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्।
बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिसम्म सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स बनेको छ। कम्पनीले कुल ४ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ। दोस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स रहेको छ। जसले यस अवधिसम्म ३ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ। तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियमले २ अर्ब ७९ करोड रुपैयाँ, आइजीआई पुड्रेसिन्यलले २ अर्ब ६८ करोड रुपैयषँ, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ५३ करोड रुपैयाँ र नेको इन्स्योरेन्सले २ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
युनाईटेड अजोडले १ अर्ब ९६ करोड रुपैयाँ, दि ओरियन्टलले १ अर्ब ९४ करोड रुपैयाँ, सानिमा जिआईसीले १ अर्ब ७८ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ४९ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ८६ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस