Like us!
Follow us!
Connect us!
Watch us!

स्नो रिभर्स लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने आज अन्तिम दिन, स्थानीयका लागि अझै समय बाँकी

अर्थ संसार

विहीबार, १२ चैत्र २०८२, ०७ : ५६ मा प्रकाशित

स्नो रिभर्स लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने आज अन्तिम दिन, स्थानीयका लागि अझै समय बाँकी

स्नो रिभर्स लिमिटेड ले निष्काशन गरिरहेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने अवधि आज चैत १२ गतेसम्म मात्र कायम रहेको छ।

कम्पनीले चैत ९ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको हो, जसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै सेयर निष्काशन भइरहेको छ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार कम्पनीले कुल १८ लाख ७५ हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको छ। यसमध्ये आधा अर्थात् ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ भने ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ।

आयोजना प्रभावित क्षेत्रअन्तर्गत ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ८ लाई अति प्रभावित क्षेत्रको रूपमा वर्गीकरण गर्दै सो क्षेत्रका बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता सेयर छुट्याइएको छ। बाँकी समान संख्याको सेयर सिरिजङ्गा गाउँपालिकाका अन्य वडा, सिदिङ्वा गाउँपालिका, पाथीभरा याङवारक गाउँपालिका तथा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाका सम्बन्धित वडाका बासिन्दाहरूलाई प्रदान गरिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सम्बन्धित सरकारी निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ। उनीहरूले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाका लागि भने आवेदन अवधि चैत २३ गतेसम्म खुला रहनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आज बैंकिङ समयभित्रै आवेदन प्रक्रिया पूरा गर्नुपर्नेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेड ले सम्हालिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको