नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गरेकि छिन् । सिंहदरबारस्थित कृषि तथा पशुपक्षी विकास मन्त्रालायमा आज उनले पदबहाली गरेकि हुन ।
मन्त्रालयका सचिवद्वय डा दीपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्रले उनलाई स्वागत गरे । उनिहरूले मन्त्रालयका गतिविधिबारे ब्रिफिङ गरे । कृषि प्रधान देश नेपालमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत कृषि क्षेत्रको योगदान रहँदै आएको छ भने ५० प्रतिशत जनशक्ति यस क्षेत्रमा संलग्न छन् ।
हाल कुल बजेटको तीन प्रतिशत बजेट यस क्षेत्रमा विनियोजन हुँदै आएकामा ८० प्रतिशतसम्म खर्च हुँदै आएको सचिवद्वयले जानकारी गराए । त्यस अवसरमा मन्त्री चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राथमिकताका कार्य छिनोफानो भएर आएपछि मात्र मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गर्ने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस