Like us!
Follow us!
Connect us!
Watch us!

शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची : बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गरिने

अर्थ संसार

आइतबार, १५ चैत्र २०८२, ०७ : १० मा प्रकाशित

शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची : बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गरिने

सरकारले सबै सट्टेबाजी (बेटिङ) एप र त्यससँग सम्बन्धित वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ४२ मा यो विषय उल्लेख गरिएको हो । 

उक्त कार्यसूची अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बेटिङ एप र वेबसाइटहरू पूर्ण रूपमा बन्द गराउने जिम्मेवारी पाएको छ। अवैध रूपमा हुने सट्टेबाजी नियन्त्रण र सुशासन कायम गर्न सरकारले यो कदम चालेको बताइएको छ । हाल त्यस्ता एप र वेबसाइट खुलेआम सञ्चालन हुँदै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको