Like us!
Follow us!
Connect us!
Watch us!

ओली-देउवा र प्रचण्डमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिदै

अर्थ संसार

आइतबार, १५ चैत्र २०८२, १५ : ०४ मा प्रकाशित

ओली-देउवा र प्रचण्डमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिदै

जेन–जी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा गरिएको सिफारिसका आधारमा प्रहरीले विभिन्न राजनीतिक दलका नेताहरू तथा उनीहरूका निकट समूहका सदस्यहरूमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढाएको छ।

आन्दोलनका क्रममा केही नेताका घरमा आगजनी हुँदा त्यहाँबाट नगद रकम फेला परेको घटनालाई आधार मानी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुरु गरेको प्रारम्भिक अनुसन्धानलाई विस्तार गर्दै थप अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। यसै सिलसिलामा आइतबार बिहान नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्।

त्यसैगरी, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उनका परिवारका सदस्यहरू तथा सचिवालयका केही व्यक्तिहरूमाथि पनि अनुसन्धान सुरु गरिएको बताइएको छ। जेन–जी आन्दोलनकै क्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको घरमा पनि नगद रकम फेला परेको थियो। आगलागीबाट पूर्ण रूपमा नष्ट नभएको उक्त रकमको मुचुल्का उठाएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। गंगा दाहालको ललितपुर महानगरपालिका–२६, सुनाकोठीस्थित घरमा आगलागी हुँदा उक्त नगद भेटिएको थियो।

यसैसँगै नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा उनको सचिवालयका केही सदस्यहरूमाथि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको