Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि बिदा हुँदै प्रधानन्यायाधीश राउत, सपना प्रधान मल्ललाई कामुको जिम्मेवारी

अर्थ संसार

मंगलबार, १७ चैत्र २०८२, ११ : ०० मा प्रकाशित

आजदेखि बिदा हुँदै प्रधानन्यायाधीश राउत, सपना प्रधान मल्ललाई कामुको जिम्मेवारी

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाश हुँदैछन् । त्यसलगत्तै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा रहनेछिन् ।

कानून व्यवसायीका रूपमा न्यायसेवामा प्रवेश गरेका राउत नेपाल सरकारद्वारा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदै न्यायसेवाको सर्वोच्च पद प्रधानन्यायाधीशमा २०८१ असोजमा नियुक्त भएका हुन् ।

उनले कानून व्यवसायीका रुपमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएपछि प्रधानन्यायाधीशको नियुक्ति पाएका थिए । कायममुकायमको जिम्मेवारी सम्हाल्ने मल्ल पनि कानून व्यवसायी पृष्ठभूमिकी हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको