Like us!
Follow us!
Connect us!
Watch us!

दुई तिहाइको सरकारसँग निजी क्षेत्रको अपेक्षा: फेरिएला नेपाली अर्थतन्त्रको चित्र ?

महेन्द्र शाही

मंगलबार, १७ चैत्र २०८२, १६ : २० मा प्रकाशित

दुई तिहाइको सरकारसँग निजी क्षेत्रको अपेक्षा: फेरिएला नेपाली अर्थतन्त्रको चित्र ?

नेपालमा एकै पार्टीको त्यो पनि झण्डै दुई तिहाइको सरकार निर्माण भएको छ । लामो समयदेखिको अस्थिरतालाई चिर्दै फागुन २१ गते भएको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा सरकार बनेको छ । चैत १३ गते बनेको सरकारसँग आम नागरिक देखि उद्योगी व्यवसायीहरुको धेरै ठूलो अपेक्षा रहेको छ । कुशासन भयो अनियमितता भयो भन्नेर विरोध गर्नेहरु नै अहिले सत्तामा पुगेकाले देशको विकास र स्थायित्वका लागि धेरै आशा पलाएको छ । 

स्थिरता भयो भने धेरै कुराहरु समाधान हुने र लगानीको वातावरण पनि बन्ने भएकाले यसले समग्र अर्थतन्त्रमा नै सकारात्मक असर पर्ने धेरैको विश्वास रहेको छ । नेपालको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगटेको निजी क्षेत्रले पनि नयाँ सरकारबाट धेरै अपेक्षा गरेको छ । निजी क्षेत्र अहिले निकै उत्साही देखिएको छ ।  अहिलेको सरकारलाई नगर्ने छुट नै नरहेको निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको भनाइ छ । 

सरकारले निजी क्षेत्र संरक्षण एंव प्रवद्र्धन रणनीति (पीएसपीप) तत्काल कार्यान्वयन गर्ने निर्णयले निजी क्षेत्रका व्यवसाय र लगानीकर्ताको सुरक्षा र आवश्यक प्रवद्र्धन हुने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको भनाइ छ । यस्तो कुराले लगानीको वातावरण बन्ने र व्यवसायीहरुको मनोबल पनि बढ्ने अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकालले विशेषगरी सेवा प्रवाहलाई डिजिटल, सहज र समयबद्ध बनाउने, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको संरक्षण तथा प्रवद्र्धन, तथा उद्यमशीलता विकासजस्ता विषयहरू समेटिनु सकारात्मक भएको बताएका छन् ।

त्यस्तै नयाँ सरकारसँग धेरै आशा र अपेक्षा रहेको र त्यसले निजी क्षेत्रको अपेक्षा बढाएको ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीको भनाइ छ । ऊर्जा क्षेत्रमा गर्ने भनिएका कुराहरु कार्यान्वयन गरेको खण्डमा नेपाल ऊर्जा क्षेत्रबाट नै समृद्ध बन्ने उनको भनाइ छ । ‘नयाँ सरकार बनाएको पार्टीको बाचापत्रमा निजी क्षेत्रलाई प्रसारण लाइन विस्तार गर्ने देखि व्यापारमा पनि सहभागिता गराउने कुरा गरिएको छ । यसले निजी क्षेत्रको मनोबल बढेको छ,’ उनले भने । नेपालमा व्यवसाय गर्ने वातावरण बन्ने विश्वास गरिएको कार्की बताउँछन् । 

अहिलेको सरकारलाई बहाना बनाउने छुट नरहेको उनी बताउँछन् । देशलाई नभइ नहुने बस्तुका रुपमा ऊर्जा रहेको र यसका लागि गर्नु पर्ने काम नगरेकाले समस्या हुने गरेको भए पनि अब एकल सरकार बनेकाले आशा जागेको कार्कीको भनाइ छ । नयाँ आउने सरकारले ऊर्जा क्षेत्रमा पीपीए खुला गर्ने र निजी क्षेत्रलाई सँगैसँगै हातेमालो गरेर लगेको खण्डमा देश समृद्ध बन्न सक्ने हाइड्रोपावर व्यवसाय गुरुप्रसाद न्यौपानेको भनाइ छ । अहिले पनि उद्योगहरुमा लोडसेडिङ रहेकाले यसलाई हटाउनु पर्ने उनको भनाइ छ । निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको र सरकार र निजी क्षेत्र मिलेर अघि बढेको अवस्थामा देशको समृद्धिको आधार तयार हुने उनको भनाइ छ । 

देशको विकासका लागि ऊर्जा, पर्यटन र कृषि नै मुख्य क्षेत्र भएकाले सरकारले त्यो तर्फ ध्यान दिनुपर्ने उनको बताए । ‘आयातमुखि अर्थतन्त्रलाई निर्यातमा रुपान्तरण गर्न नसके पनि आफूलाई धान्न पुग्ने उत्पादन गर्न सकेमा पनि धेरै राहत हुने अवस्था हुन्छ,’ उनले भने । नयाँ पार्टीको सरकार बनेको र उनीहरुको बाचापत्र अनुसार काम हुने आशा गरिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले बताएका  छन् । अर्थतन्त्रलाई चलायमान बनाउनका लागि र विदेशी लगानी भित्र्याउनका लागि नीतिग स्थिरता कायम गर्नु पर्ने उनले बताए । व्यवसायीहरुको मनोबल कमजोर भएको अवस्थामा मनोबल बढाउनका लागि सरकारको तर्फबाट गर्नुपर्ने कामहरु समयमा नै हुनुपर्ने उनको भनाइ छ । अहिले अर्थतन्त्रमा देखिएको संकुचन रास्वपाले गरेको बाचापत्र कार्यान्वयन भएको खण्डमा सुधार हुने निजी क्षेत्रका व्यवसायीहरुको विश्वास छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको