Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलन प्रकरणमा पक्राउ परेका पूर्व सिडीओ छवि रिजाल हाजिर जमानीमा रिहा

अर्थ संसार

मंगलबार, १७ चैत्र २०८२, २१ : ०८ मा प्रकाशित

जेनजी आन्दोलन प्रकरणमा पक्राउ परेका पूर्व सिडीओ छवि रिजाल हाजिर जमानीमा रिहा

जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा पक्राउ परेका काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ। उनलाई आवश्यक परे उपस्थित हुने सर्तमा छाडिएको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौँको सुविधानगर क्षेत्रबाट रिजाललाई नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखी जेनजी प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा भएको घटनाबारे विस्तृत सोधपुछ गरिएको थियो।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका लागि आवश्यक जानकारी संकलन गरिसकेपछि तत्कालका लागि हिरासत आवश्यक नरहेको निष्कर्षमा पुग्दै हाजिर जमानीमा रिहा गरिएको हो। यद्यपि, अनुसन्धान प्रक्रिया भने अझै जारी रहेको छ।

यो प्रकरण भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनसँग जोडिएको छ, जहाँ बानेश्वर क्षेत्रमा किशोरहरूको ज्यान जानेगरी गोली चलेको घटनाले व्यापक बहस सिर्जना गरेको थियो। सो घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रशासनिक नेतृत्वको भूमिकामाथि प्रश्न उठाउँदै रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।

रिजालमाथि प्रदर्शन नियन्त्रणका क्रममा घातक गोली चलाउन निर्देशन दिएको आरोप लाग्दै आएको छ। तर उनले आयोगसमक्ष दिएको बयानमा आफूले त्यस्तो आदेश नदिएको दाबी गरेका छन्।

सरकारले उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै यस प्रकरणमा उच्च तहका व्यक्तिहरूमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको छ। यसअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई समेत नियन्त्रणमा लिइसकिएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको