नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले कांग्रेस जेनजी विद्रोहले उठाएको मुद्दालाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै जिम्मेवार प्रतिपक्षको रूपमा परिवर्तनलाई साथ दिन र खबरदारी गर्न तयार रहेको बताए ।
परिवर्तनको स्वरलाई आत्मसाथ गरेर नै विशेष महाधिवेशनबाट विभिन्न दृष्टिकोण पारित गरेको स्मरण गरे । उनले अहिले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर बदलिएको समय र बदलिएको समाजको अनुरूपको रूपान्तरणमा प्रवेश गरेको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस