Like us!
Follow us!
Connect us!
Watch us!

इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली कायमै, युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

अर्थ संसार

शुक्रबार, २० चैत्र २०८२, १० : १४ मा प्रकाशित

इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली कायमै, युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको निष्कर्ष निकालेको छ । सीएनएनको विशेष रिपोर्टअनुसार, जारी द्वन्द्व र आक्रमणका बाबजुद इरानको मिसाइल प्रणाली पूर्ण रूपमा कमजोर भएको छैन ।

इरानले अझै पनि मध्यम र दीर्घ दूरीका क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता सुरक्षित राखेको अमेरिकी मूल्यांकनले देखाएको छ । केही सैन्य संरचना क्षतिग्रस्त भए पनि प्रमुख प्रक्षेपण प्रणाली र भण्डारण संरचना अझै सक्रिय अवस्थामा रहेको बताइएको छ । यसले गर्दा इरानसँगको युद्ध अझ लम्ब्याउने कि पछि हट्ने भन्ने दोधारमा अमेरिका छ ।

आक्रमणपछि पनि क्षमता कायम

अमेरिका र इजरायलका आक्रमणले इरानका केही सैन्य पूर्वाधारमा क्षति पु¥याए पनि समग्र क्षेप्यास्त्र क्षमता समाप्त नभएको निष्कर्ष निकालिएको छ । इरानले मोबाइल लन्चर, भूमिगत संरचना र विकेन्द्रित प्रणाली प्रयोग गर्दै आफ्नो क्षमता जोगाइरहेको छ ।

इरानको यो क्षमता कायम रहनुले मध्यपूर्वमा थप तनाव बढाउने विश्लेषण गरिएको छ । विशेषगरी अमेरिकी सैनिक अड्डा र सहयोगी राष्ट्रहरू इरानी क्षेप्यास्त्रको दायराभित्र पर्ने भएकाले सुरक्षा चुनौती यथावत रहेको बताइएको छ ।

विश्लेषकहरूका अनुसार इरानको मिसाइल क्षमता यथावत रहनुले युद्ध अन्त्यका कूटनीतिक प्रयासहरू थप जटिल बन्न सक्छन् । हालसम्म इरानले आफ्नो सैन्य क्षमताबारे औपचारिक प्रतिक्रिया दिएको छैन । तर, अमेरिकी गुप्तचर निकायको यो मूल्यांकनले युद्धको दिशा र रणनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको