Like us!
Follow us!
Connect us!
Watch us!

ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइँदै सरकार

अर्थ संसार

सोमबार, २३ चैत्र २०८२, ११ : १६ मा प्रकाशित

ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइँदै सरकार

सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल नवीकरण र नयाँ बिल जारी गर्न लागेको हो । कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको छ भने ५ अर्बको नयाँ ट्रेजरी  बिल जारी गर्न लागेको हो ।

यो ट्रेजरी २०८३ चैत २३ गते परिपक्क हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज सोमबार (चैत २३ गते) दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । यसको मंगलबार बाँडफाँट हुनेछ ।

 

69d345e200092.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको