Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, २२ चैत्र २०८२, १० : ४७ मा प्रकाशित

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता व्यवस्थापन गर्नको लागि निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले आज ५६ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको हो ।

निक्षेप संकलन उपकरण बोलकबोलमार्फत केन्द्रीय बैंकले निक्षेप उठाउन लागेको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले आज ३ बजेसम्म अनलाइनमार्फत बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी २०८३ वैशाख २७ गते हुनेछ ।

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।

बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशस् बाँडफाँड गरिने उल्लेख छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको