अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूबीच अर्थ मन्त्रालयमा विशेष भेटघाट भएको छ । पुँजी बजारको वर्तमान अवस्था र सुधारका उपायहरूका बारेमा छलफल गर्न उक्त भेटघाट आयोजना गरिएको हो ।
आज बिहान ९ः४५ बजेबाट सुरु भएको भेटवार्ता करिब आधा घण्टा चलेर सकिएको थियो । भेटका क्रममा एशोसिएसनका पदाधिकारीहरूले नेपालको सेयर बजारमा देखिएका समस्या, ब्रोकरहरूको कार्यक्षेत्र विस्तार र नीतिगत सुधारका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भेटघाटमा एशोसिएसनले पुँजी बजारलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै लगानीकर्ताको मनोबल उच्च राख्न सरकारले अभिभावकीय भूमिका खेल्नुपर्ने माग राखेको थियो । आईतबारको बजारमा १०५ अंकको गिरावट भएपछि दोस्रो बजारका लगानीकर्ताहरु पनि आन्दोलित भएका छन् । अर्थमन्त्रीले सेयर बजारको विषयमा सम्वोधन गर्नुपर्ने माग समेत उठाएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस