सरकारले २८ अर्ब रुपैयाँ बराबरको ऋण लिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दुई परियोजनाका सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय लिएको हो ।
अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिनेछ । त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि कुल ९५ मिलियन डलरको सहुलियतपूर्ण ऋण सुविधा समेत स्वीकार गर्ने सरकारको निर्णय छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस