Like us!
Follow us!
Connect us!
Watch us!

नीति परिमार्जन गरे अर्थतन्त्र चलायमान हुन्छ— विदुर धमला

अर्थ संसार

आइतबार, २२ चैत्र २०८२, १३ : २६ मा प्रकाशित

नीति परिमार्जन गरे अर्थतन्त्र चलायमान हुन्छ— विदुर धमला

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्यका उम्मेदवरा विदुर धमलाले घरजग्गाको व्यवसाय फस्टाउन नसक्दा अहिले अर्थतन्त्र संकुचनको अवस्थामा पुगेको बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रममा उनले घरजग्गा व्यवसाय भनेको चेन विजनेश भएकाले समग्र अर्थतन्त्रलाई नै चलाएमान बनाउने बताए । 

घरजग्गाको कारोबार फस्टाउँदा, श्रमिकदेखि सिमेन्ट रेडसम्मको प्रयोग हुने भएकाले यसको असर समग्र अर्थतन्त्रमा पर्ने उनको भनाइ छ । अहिले घरजग्गाको कारोबारमा देखिएको संकुचनले समग्र अर्थतन्त्रमा नै असर गरिरहेको उनले बताए । एउटा घर बन्दा सिमेन्ट, बालुवादेखि इलेक्ट्रोनिक सामानहरु पनि प्रयोग हुने भएकाले यसको व्यवसायमा पनि सहयोग पुग्ने उनको भनाइ छ ।

‘घरजग्गाको कारोबार एउटा व्यवसाय मात्रै नभएर चेन असर गर्ने क्षेत्र हो । यसका लागि राज्यले नीति बनाउनु पर्ने आवश्यकता छ,’ उनले भने । अहिले पनि पुरानो कानुनले नै यो व्यवसायलाई नियमन गरिरहेको भन्दै समय सापेक्ष रुपमा यसमा परिमार्जन आवश्य रहेको उनको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको