अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार सुधारप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन्। आइतबार स्टक ब्रोकर एशोसिएसनसँगको भेटमा उनले यस्तो बताएका हुन्। उनका अनुसार, सरकारले हाल नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन सुशासन सुदृढ गर्ने कामलाई प्राथमिकता दिएको छ।
उनले भने, ‘सेयर बजारमा सबै भन्दा उदार पार्टी र घोषणापत्रमै स्पट धारणा राख्ने हामी हौँ । तर, अहिले अफवाह फैलाइँदैछ । यसको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु छ । त्यसका लागि सुशासनका काम गर्नुछ । जनमत पनि यही हो । हामी गर्छौँ । केही अनुसन्धान पुरानै हुन् अहिले अन्तिमतिर पुगेका हुन् । अपराध गरेकालाई उन्मुक्ति हुँदैन तर छानीछानी प्रतिशोध हुँदैन ।’
उनले आगामी बजेट २०४८ यताकै सबैभन्दा रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गरेका छन्। वाग्लेका अनुसार नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय सुरु हुन लागेको छ।
उनले भनेका छन्, ‘सरकार निजी क्षेत्र मैत्री छ । मेरो पहिलो निर्णय हेरे पनि थाहा भइहाल्छ । रास्वपा र सरकार निजीक्षेत्र विरोधी होइन । हामी अर्थतन्त्रलाई कहाँबाट कहाँ पुर्याउने भनेर लागेका छौँ । बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक आउँदैछ । हल्ला र गलत अफवाहको पछि कोही पनि नलागौँ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस