Like us!
Follow us!
Connect us!
Watch us!

फेवाताल जग्गा प्रकरण: गृहमन्त्री गुरुङ भन्छन्– 'म ठगिँए, अदालत जान्छु'

अर्थ संसार

सोमबार, २३ चैत्र २०८२, ११ : ५२ मा प्रकाशित

फेवाताल जग्गा प्रकरण: गृहमन्त्री गुरुङ भन्छन्– 'म ठगिँए, अदालत जान्छु'

गृहमन्त्री सुधन गुरुङले फेवाताल क्षेत्रको जग्गा प्रकरणमा आफू ठगिएको दाबी गर्दै न्यायका लागि अदालत जाने बताएका छन्।

फेवातालको किनारमा ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्न गुरुङसहित तीन जनाले उक्त जग्गा लिजमा लिएका थिए। तर सो जग्गा फेवातालको मापदण्डभित्र पर्ने विषय लुकाएर आफूहरूलाई झुक्याएर लिजमा दिइएको उनको भनाइ छ। फेवाताल अतिक्रमण गरिएको जग्गा स्वयं गृहमन्त्रीले लिएको खुलासा भएपछि उनी विवादमा परेका छन्। यसैबीच, अतिक्रमण गरेर बनाइएका संरचनाहरू पोखरा महानगरपालिकाले हटाउन थालेपछि गुरुङले यसबारे स्पष्टीकरण दिएका हुन्। 

मन्त्री गुरुङले भनेका छन्,‘हामीलाई जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए । लालपूर्जामा समेत जग्गा सुरक्षित रहेको भनी देखाए । तर, पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्ने रहेछ।'

अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्याइ लिजमा दिँदा आफू सहित साझेदार ठगिएको गुरुङको दाबी छ ।  मन्त्री गुरुङले ठगीविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । गुरुङले भने, ‘हामीलाई पर्न गएको यो अन्याय र ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्ने जानकारी गराउँदछु ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको