Like us!
Follow us!
Connect us!
Watch us!

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

अर्थ संसार

मंगलबार, २४ चैत्र २०८२, १५ : २९ मा प्रकाशित

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनु अघि नै विद्यार्थी भर्ना गर्ने र चर्को शुल्क असुल्ने विद्यालयहरूमाथि कडा कारबाही गर्न निर्देशन दिएको छ। केही निजी विद्यालयहरूले नियमविपरीत 'एनुअल फी' लगायतका विभिन्न शीर्षकमा अग्रिम रकम उठाएको र स्वीकृत मापदण्ड बाहिर गएर विद्यार्थी शोषण गरेको गुनासो आएपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै विद्यालयहरूको सघन अनुगमन गर्न र नियम उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ। एउटै विद्यालयमा कक्षा वृद्धि हुँदा समेत पटक-पटक भर्ना शुल्क लिने र शैक्षिक सत्र नै सुरु नभई भर्ना प्रक्रिया थाल्ने कार्यलाई मन्त्रालयले पूर्णतः गैरकानुनी घोषणा गरेको छ।

मन्त्रालयको पत्रमा भनिएको छ, ‘शिक्षा नियमावली २०५९ को परिच्छेद १५ मा शैक्षिक सत्र सुरू नभई विद्यार्थी भर्ना गर्न नपाइने स्पष्ट व्यवस्था छ । प्रचलित कानून र स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिनु गैरकानूनी हो ।’ सर्वोच्च फैसला सम्झाउँदै मन्त्रालयले नियमविपरीत लिइएको अग्रीम शुल्क तत्काल फिर्ता गराउन भनेको छ । कुनै विद्यालयले अटेरी गरे कारबाही गर्न भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको