Like us!
Follow us!
Connect us!
Watch us!

इन्स्पेक्टर बिनुकुमारी शाहीलाई सफाइ, के थियाे आराेप ?

अर्थ संसार

बुधबार, २५ चैत्र २०८२, ११ : ५२ मा प्रकाशित

इन्स्पेक्टर बिनुकुमारी शाहीलाई सफाइ, के थियाे आराेप ?

भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर बिनुकुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट मंगलबार सफाइ पाएकी छन् । सोही मुद्दाका अर्का प्रतिवादी ताज मुल इस्लामलाई कैद सजाय भएको जिल्ला अदालतस्रोतले जनाएको छ ।

ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालतले २०८१ पुस ८ मा पाँच लाख धरौटीमा छोडेको थियो । उनी सोही घटनाका कारण प्रहरी सेवामा निलम्बित थिइन् । इन्स्पेक्टर शाही ललितपुरस्थित प्रहरी प्रभाग, भैंसेपाटीमा कार्यरत रहँदा कार्यक्षेत्रभन्दा बाहिरको घटनामा अस्वाभाविक रुपले चासो राख्दै अनुचित लेनदेनसमेत गरेपछि उनी जिम्मेवारीबाट हटाइएकी थिइन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको