Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक सम्पन्न, लियो कार्यकारी निर्देशक शाक्यको कार्य सम्पादन मूल्यांकनको जानकारी

अर्थ संसार

विहीबार, २६ चैत्र २०८२, ०७ : ४७ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक सम्पन्न, लियो कार्यकारी निर्देशक शाक्यको कार्य सम्पादन मूल्यांकनको जानकारी

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको १०२९औं बैठक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका सहिद परिवारका छुट भएका  सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । 

२०८२ भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका घाइते व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ र नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ ३२, कार्तिक १७ गते, २०८२ साल) मा भएको व्यवस्था अनुसार छुट भएका ८ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय भएको हो ।

प्राधिकरणले यसअघि २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ । बुधबार थप भएका ८ सहिद परिवारमध्ये रोजित श्रेष्ठ बनस्थली, अम्बिका विश्वकर्मा उदयपुर, सुमित्रा महत सिन्धुपाल्चोक, शितल पौडेल, मौसम कुलुङ संखुवासभा, पार्वती अधिकारी सर्लाही, हेमन्ती विष्ट बझाङ र मञ्जु पौडेल लम्जुङ रहेका छन् । त्यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्य सम्पादन मूल्यांकनको जानकारी समेत सञ्चालक समितिले लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको