Like us!
Follow us!
Connect us!
Watch us!

उच्च अदालतकाे आदेश : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नगराउनु

अर्थ संसार

विहीबार, २६ चैत्र २०८२, १६ : ४५ मा प्रकाशित

उच्च अदालतकाे आदेश : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नगराउनु

अदालतले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आगामी वार्षिक साधारण सभा नगराउन निर्देशन दिइएको छ । उच्च अदालत पाटनले बिहीबार महासंघको यही चैत २९ र ३० मा हुन लागेको ६० औं वार्षिक साधारण सभा तत्काल नगराउनका लागि निर्देशन दिएको हो ।

अदालतले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, काठमाडौंले दायर गरेको रिटमा आदेश जारी गर्दै उक्त निर्देशन दिएको हो । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघलाई विपक्षी बनाई रिट दायर गरेको थियो । अदालतले उक्त रिटमा फैसला गर्दै महासंघको साधारण सभा हुँदा निवेदकहरुलाई हर गर्ने हुँदा अर्को निर्णय नभएसम्म संस्थाको अर्थात् उद्योग वाणिज्य महासंघको साधारणसभा नगर्नु, नगराउनु भनि अन्तरिम आदेश जारी गरेको हो ।

 


 

69d788235b6de.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको