श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामजी यादवले मधेश मात्र नभई समग्र देशको विकास गर्ने दायित्व आफूहरूमाथि रहेको बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले रामजी यादवसँगै गौरीकुमारी यादवलाई पनि मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उनीहरूको नियुक्ति र शपथ ग्रहण आजै हुने तय गरिएको छ। सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘पार्टीले जिम्मेवारी दिएको छ । अब हामीले देश बनाउनका लागि जे जिम्मेवारी भूमिका निर्वाह गर्नुपर्नेछ, त्यो गर्नेछौं । हामी एउटा राम्रो सेट गर्छौं । काम कसरी हुन्छ भनेर डिफाइन पनि गर्छौं,’ उनले भने ।
साथै, मधेशसहित सिंगो राष्ट्र बनाउनका लागि आफूहरू लागिपर्ने र प्रधानमन्त्रीलाई समर्थन गर्ने उनले बताए ।
‘जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि हुन्छ । चुनौती र अवसर दुवै छ,’ उनले भने, ‘अब मधेशसँगै सिंगो देश नै बनाउनुपर्ने छ । प्रधानमन्त्रीलाई पूर्ण समर्थन रहनेछ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस