Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपालाई धोका दिएका होइनौँ, कैयौं सहकार्य बाँकी नै छ – रवि लामिछाने

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०८२, १५ : २५ मा प्रकाशित

राप्रपालाई धोका दिएका होइनौँ, कैयौं सहकार्य बाँकी नै छ –  रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रति आफूहरूले कुनै पनि धोका नगरेको स्पष्ट पारेका छन्। सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राप्रपासँग अझै धेरै सहकार्यका सम्भावना बाँकी रहेको बताएका हुन्।

यसअघि उपसभामुखको विषयलाई लिएर राप्रपा सांसद शाहीले रास्वपाबाट धोका भएको भन्दै असन्तुष्टि जनाएका थिए।

रविले भने, ‘राजनीतिक संवाद हुने नै छन् । सम्भावनाहरू हुनसक्छ भनेर कुराकानी किन नहुनु र ? सबै दलहरूसँग भएको हो । धोका भन्दा पनि कहिलेकाहीँ अन्तिम समयमा हामीले सहि निर्णय गर्ने समय आउँदा कहिलेकाहीँ अन्य फ्याक्टरहरूले पनि काम गर्छन् । त्यस्तो केहि होइन । सहकार्य गर्ने ठाउँ कति आउँछ आउँछ नि । ज्ञानेन्द्रजी मेरो असाध्यै राम्रो साथी हो, उहाँ सधैं साथी रहिरहनुहुन्छ । राजनीतिक सहकार्य हाम्रो कयौं गर्न बाँकी छ । एउटा माघले कहाँ जाडो जान्छ र ?'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको