विवादित सामाजिक सञ्जाल स्टाटसका कारण क्रिकेटर करण केसी कारबाहीमा परेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई एक खेल प्रतिबन्ध लगाउनुका साथै उक्त खेलको म्याच फी पनि काट्ने निर्णय गरेको छ। प्रतिबन्धका कारण उनले आजको नेपाल पुलिस र मधेसबीचको खेल खेल्न पाएनन्। करण हाल नेपाल पुलिस टिमबाट खेल्दै आएका छन्।
करणले हिजो फेसबुकमा अम्पायरहरूप्रति लक्षित धम्कीयुक्त स्टाटस पोस्ट गरेका थिए, जसमा उनले “यदि कुनै खेलाडीले गल्तीवश अम्पायरलाई पिटेमा कति खेल प्रतिबन्ध हुन्छ ? भन्ने प्रश्न उठाएका थिए। उक्त स्टाटस सार्वजनिक भएपछि क्रिकेट अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसी विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस