Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै, स्थलगत तथ्यांक संकलनको काम असारको पहिलो साता सक्ने लक्ष्य

अर्थ संसार

बुधबार, ०२ बैशाख २०८३, ०८ : ०८ मा प्रकाशित

आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै, स्थलगत तथ्यांक संकलनको काम असारको पहिलो साता सक्ने लक्ष्य

आज वैशाख २ गते बुधबारदेखि देशभर दोस्रो आर्थिक गणना औपचारिक रूपमा हुँदैछ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यस कार्यका लागि गणक र सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा खटिइसकेका छन् ।

निर्धारित कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको प्रक्रिया आगामी असारको पहिलो सातासम्म पूरा गर्ने लक्ष्य राखिएको छ । गणनालाई प्रभावकारी बनाउन करिब पाँच हजार जनशक्ति परिचालन गरिएको जनाइएको छ। अर्थ मन्त्रालयले यो गणना मुलुकको समग्र आर्थिक तथा औद्योगिक अवस्थाको यथार्थ चित्र प्राप्त गर्ने महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ। यस क्रममा उद्योग, व्यापार, सेवा, सहकारी, निजी तथा सार्वजनिक क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरूको संख्या, प्रकृति, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत १८ वटा आर्थिक सूचकहरूको विवरण सङ्कलन गरिनेछ।

गणनामा देशभर रहेका दर्ता भएका तथा नभएका साना–ठूला व्यवसाय, रोजगारी सिर्जना गर्ने प्रतिष्ठान, उद्योग–कलकारखाना, गैरसरकारी संस्था, सरकारी निकाय, विद्यालय तथा अस्पतालहरूलाई समेटिनेछ। यसअघि तयारीका प्रारम्भिक चरणका कामहरू फागुन मसान्तमै सम्पन्न गरिसकिएको थियो।

चैतको शुरुवातदेखि देशभर ८४ वटा अस्थायी कार्यालय स्थापना गरी गणना व्यवस्थापनको काम अघि बढाइएको छ जुन असार मसान्तसम्म सञ्चालनमा रहनेछन्। यसअघि २०७५ सालमा गरिएको पहिलो राष्ट्रिय आर्थिक गणनामा देशभर नौ लाखभन्दा बढी प्रतिष्ठान सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको