Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार राताम्य - नेप्से ३३ अंकले घट्दा, कारोबार रकम ९ अर्ब ३१ करोड

अर्थ संसार

विहीबार, ०३ बैशाख २०८३, १५ : ०६ मा प्रकाशित

सेयर बजार राताम्य - नेप्से ३३ अंकले घट्दा, कारोबार रकम ९ अर्ब ३१ करोड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.८३ अकंले घटेर २८३३.०३ बिन्दुमा  बन्द भएको छ । आज ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३१ करोडको कारोबार भएको हो ।

आज १३ वटै उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.८० प्रतिशत, विकास बैंक समूहको १.१५ प्रतिशत, फाइनान्स समूहको १.९८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५० प्रतिशतले  सेयरमूल्य घटेको हो । बिहिबार ३१ कम्पनीको  सेयरमूल्य बढेको छ भने २३६ कम्पनीको घटेको छ । ३ कम्पनीको  सेयरमूल्य भने स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको  सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड ८० लाख रुपैयाँको  सेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ५५ करोड ५९ लाख रुपैयाँको  सेयर कारोबार भएको छ । एसवाई प्यानलको ५१ करोड ६० लाख रुपैयाँको  सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिज लाइन इनर्जी र सूर्यकुण्डका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।  आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ९.४७ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको